विराटनगर । विराटनगरमा ढाका महोत्सव २०८१ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, महिला उद्यम विकास समितिकाे आयाेजनामा आजबाट महाेत्सव सुरू भएकाे हाे ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाेत्सवकाे उद्घाटन गरे । जैन भवनमा सुरू भएकाे महाेत्सवमा प्रदेश भित्रका ३० वटा ढाका उद्योगका स्टल राखिएकाे छ ।
मुख्यमन्त्री कार्कीले प्रदेशकाे ढाका उद्योगलाई प्राेत्साहन गर्न आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिए । उनले ढाका उद्योगका समस्याहरूबारे जानकारी गराउन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले महाेत्सवलाई आगामी वर्षमा पनि निरन्तरता दिने उल्लेख गरे । आजबाट सुरू भएकाे महाेत्सव चैत ९ गते समापन हुनेछ ।