
विराटनगर । विराटनगर-३ गोग्राहा चोकमा ‘फोर स्टार म्याट्रेस स्टुडियो’ सञ्चालनमा आएको छ । बेड तथा म्याट्रेसका विभिन्न उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको हो ।
स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गरेका छन् । स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा निद्रालाई आरामदायी बनाउन उपयोगी उत्पादन उपलब्ध हुने सञ्चालक दिवस बजगाईंले बताए ।
ग्राहकको आवश्यकता र बजेटअनुसार १० हजारदेखि दुई लाख रुपैयाँसम्मका उत्पादन स्टुडियोमा उपलब्ध छन् । मानिसको स्वास्थ्य र आरामसँग प्रत्यक्ष जोडिएको ओछ्यानको महत्वलाई ध्यानमा राखेर बेड तथा म्याट्रेसका उत्पादनलाई स्टुडियोका रूपमा ग्राहकसमक्ष ल्याइएको फोर स्टार म्याट्रेस कम्पनीका अध्यक्ष ताराबहादुर कटवालले बताए ।
सुनसरीको इटहरीमा एक दशकदेखि सञ्चालन हुँदै आएको फोर स्टार कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा विराटनगरमा स्टुडियो स्थापना गरेको जनाएको छ । करिब एक करोड रुपैयाँ लगानी स्टुडियो सञ्चालन गरिएको सञ्चालक बजगाईँले बताए ।

संगालोखबर 




















