संगालोखबर


विराटनगर । आज सेयर बजार परिसूचक नेप्से ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । नेप्से बढ्दा कारोबार रकम पनि बढेको छ ।  आज नेप्से ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० दशमलव २८ बिन्दुमा पुगेको हो ।

गत मङ्गलबार ४९ अङ्क भन्दा धेरैले बढेको नेप्से आज उच्च अङ्कले बढेको हो । यो गत भदौ ९ गतेयताकै उच्च विन्दुमा पुगेको हो । भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा दुई हजार आठ सय ९४ विन्दुमा थियो ।

Advertisement

नेप्सेसँगै कारोबार रकम पनि भदौपछिकै उच्च भएको छ । आज बजारमा १४ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ । गएको भदौ ११ गते १८ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसपछि आज पहिलोपल्ट कारोबार रकम १४ अर्ब रुपैयाँ नाघेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!