संगालोखबर


विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य घटाएको हो ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागुहुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा र डिजेल-मट्टीतेलको १३९ रुपैयाँ ५० पैसा पर्नेछ ।

Advertisement

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रुपैयाँ र डिजेल-मट्टीतेलको १४१ रुपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५७ रुपैयाँ तथा डिजेल-मट्टीतेलको १४२ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!