विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड ४७ लाख
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ । महानगरले कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
आज नगरसभाको बैठकमा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले आगामी वर्षको आय-व्ययको अनुमानित विवरणका साथै चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको बजेट समीक्षा समेत प्रस्तुत गरेकी छन् ।
सार्वजनिक गरिएको बजेटको आम्दानी सङ्घीय...


























