संगालोखबर


विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-८ भोटेपुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहराका ३६ वर्षीय दिपेन्द्रराज राईको मृत्यु भएको हो ।

बिहीबार दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्र १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबहादुर राईले जानकारी दिए । ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका-१३ बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!