संगालोखबर

विराटनगर । नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा झापास्थित होटल मेची क्राउनमा जेठ २५ गते सम्मेलन हुन लागेको हो ।

Advertisement

आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर दुई देशका युवा उद्यमीहरूबीच अनुभव र सीप आदानप्रदान, व्यवसायिक नेटवर्किङ र दीर्घकालीन सहकार्य बढाउन सम्मेलन गर्न लागिएको जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल र भारतका करिब ३ सय युवा उद्यमी सहभागि हुने युवा उद्यमी मञ्च विराटनगरका उपाध्यक्ष एवं सम्मेलनका संयोजक रोमन कटेलले जानकारी दिए ।

सम्मेलनमा नेटवर्किङ कार्यक्रम, विभिन्न कार्यशाला तथा सीमापार उद्यमशीलता, नीति निर्माणमा युवाको भूमिका लगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!