विराटनगर । आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । मङ्गलबार एक हजार एक सय रुपैयाँ बढेको सुनको मूल्यले आज प्रतितोला आठ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।