संगालोखबर


विराटनगर । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि उपजको सहज बजारीकरणका लागि  ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका कृषि उपजलाई सहजरूपमा बाहिरी जिल्लाका बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाले कृषिमा जोड दिएसँगै किसानले व्यावसायिक रूपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन् । उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ । व्यवसायिक रूपमा कृषि कर्ममा लागेका सात सय बढी किसानलाई कृषि सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!