विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आज एकैदिन प्रतितोला ६ हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा पनि यसको असर परेको हो । यो मूल्य अझै बढ्न सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढी हो ।