विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन प्रतितोला तीन हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला पाँच हजार सात सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।