
विराटनगर । विराटनगर-१ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणतर्फ रहेको खाली मैदानमा आगलागी विपद् प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा आज बिहान कृत्रिम अभ्यास गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, दमकल र एम्बुलेन्ससहित करिब १०० जनाको उपस्थितिमा संयुक्त रूपमा विपद् उद्धार तथा प्रतिकार्यसम्बन्धी अभ्यास प्रदर्शन गरिएको हो ।

चाडपर्व तथा अन्य समयमा हुन सक्ने आगलागीजस्ता सम्भावित दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्न र सरोकारवाला निकायबीचको समन्वय तथा उद्धार क्षमता प्रभावकारी बनाउन अभ्यास गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाली सेनाका उपसेनानी विनोद गैरे, सशस्त्र प्रहरी नायब उपरीक्षक शीतल श्रेष्ठलगायतको उपस्थिति थियो ।



संगालोखबर 




















