दुई सातादेखि लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
विराटनगर । आज एकैदिन सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६० हजार कायम भएको छ ।
हिजो सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार सुन तोलामा एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत कात्तिक १५ गते सुनको मूल्य एक लाख ७१ हजार कायम भएको थियो । त्यसयत...




















