सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार एक हजार चार सय रुपैयाँ बढेर हालसम्मकै उच्च भएको सुनको मूल्यले आज छ सय रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । शु...





















