संगालोखबर


विराटनगर । विराटनगर-९ ट्राफिक चोकमा ‘द मोक्स डिजाइनर यार्ड’ सञ्चालनमा आएको छ । विराटनगर-१२ का २६ वर्षीय देवानन्द अधिकारीले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले २० लाखको लगानीमा डिजाइनर यार्ड सञ्चालनमा ल्याएका हुन् ।

भारतको पञ्जाब टेक्नोलोजी युनिभर्सिटी चण्डिगढबाट ‘फेसन डिजाइन’ मा ब्याचलर गरेका उनले ग्राहकको आकाङ्क्षालाई मध्यनजर गर्दै यसको सुरुवात गरेको बताए । सुरुवाती चरणमा २० लाखबाट सुरु गरेपनि लगानी थप बढ्ने उनको भनाइ छ ।

Advertisement

महिला, पुरूष तथा बालबालिकालाई प्राथमिकता दिएर फेसन डिजाइन गरिने उनले सुनाए । ग्राहकको चाहना अनुसार सहुलियतमा गुणस्तरीय सामग्री उपलब्ध गराउने अधिकारीले बताए ।

ग्राहकहरूको लागि अनलाइन डेलिभरी सेवा उपलब्ध गराउने गरि तयारी भइरहेको उनको भनाइ थियो । ‘रिक्स लिएपछि केही हुन्छ’, उनले भने, ‘यहाँको पैसा बाहिर नजाओस् भन्ने उद्देश्यले सुरु गरेको हो ।’

उनीसँगै अध्ययन गरेका चण्डिगढका जगदिप सिंह पनि उनीसँगै छन् । सिंहले ग्राहकले खोजेको डिजाइन तयार पारेर गुणस्तरीय सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!