संगालोखबर


विराटनगर । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य बुधबार भने घटेको थियो । बुधबार प्रतितोला छ सय रुपैयाँले घटेर सुन एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!