
विराटनगर । १४ औँ राष्ट्रिय पौडी प्रतियोगिता (एनएसए कप) मा कोशी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, ३ रजत र २ कांस्यसहित १० पदक जितेका छन् ।
ललितपुरको सातदोबाटोस्थित हिट स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै पदक हासिल गरेका हुन ।
प्रतियोगितामा सिशोभुवन राईले उत्कृष्ट प्रदर्शन गर्दै चार स्वर्ण र एक रजत पदक जिते । उनले ५० मिटर, १०० मिटर र २०० मिटर बटरफ्लाई तथा ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका हुन् । त्यस्तै ४०० मिटर व्यक्तिगत मेडल (आईएम) मा रजत पदक प्राप्त गरे ।

आरोन भण्डारीले २०० मिटर व्यक्तिगत मेडल (आईएम) मा स्वर्ण पदक जितेका छन् । उनले १०० मिटर आईएम र २०० मिटर फ्रिस्टाइलमा रजत तथा १०० मिटर ब्रेस्टस्ट्रोकमा कांस्य पदक प्राप्त गरे ।
यसैगरी आयुषा पौडेलले ब्याकस्ट्रोक विधामा कांस्य पदक जितिन् । कोशी प्रदेशका खेलाडीहरूले हासिल गरेको यो सफलताले राष्ट्रिय स्तरमा प्रदेशको पौडी खेलको सम्भावना र खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमता उजागर गरेको राष्ट्रिय कोच इन्द्रजित राजभण्डारीले बताए ।

संगालोखबर 




















