विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि लगानी सम्मेलन सुरु हुँदैछ । दुई दिनसम्म चल्ने लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
बिहान ११ बजे वीरेन्द्र सभागृहमा सम्मेलनको उद्घाटन हुनेछ । प्रदेश सरकारले पहिलोपटक लगानी सम्मेलन आयोजना गर्न लागेको हो । यसबाट उद्योगी व्यवसायीसहित निजी क्षेत्रलाई उत्साहित बनाएको छ ।
लगानी सम्मेलनबाट १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी भित्रिने अपेक्षा गरिएको छ । जसका लागि ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’ गरिएको छ ।