संगालोखबर


विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ८६ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!