संगालोखबर
सांकेतीक तस्बिर


विराटनगर । सरकारले राजस्व बाँडफाँड र विभिन्न अनुदान गरी प्रदेश र पालिकाहरूलाई ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । 

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आउँदो वर्ष वित्तीय हस्तान्तरण अनुदानमार्फत प्रदेशमा ६० अर्ब ६६ करोड र पालिकाहरूमा ८८ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिने बताए । 

Advertisement

त्यस्तै सशर्त अनुदानतर्फ प्रदेशलाई ३० अर्ब ३५ करोड र पालिकाहरूका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले उल्लेख गरे । 

पूर्वाधार आयोजना कार्यान्वयनका लागि दिइने अनुदानतर्फ समपूरकमा प्रदेशलाई ३ अर्ब २८ करोड र पालिकालाई १० अर्ब ६ करोड रुपैयाँ हस्तान्तरण गरिने छ ।

विशेष अनुदानतर्फ प्रदेशमा ३ अर्ब २७ करोड र पालिकाहरूका लागि ९ अर्ब ७८ करोड रुपैयाँ दिइने पौडेलले सुनाए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!