प्रेस चौतारी धनकुटाको अध्यक्षमा आठपहरिया निर्वाचित
धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा नारायणकुमार आठपहरिया निर्वाचित भएका छन् । आज प्रेस चौतारीको १० औं जिल्ला अधिवेशनबाट आठपहरिया निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा विश्वराज श्रेष्ठ र कल्पना थापा, सचिवमा सन्तोष सुवेदी, सह-सचिवमा कल्पना तामाङ र सष्टिका राई, कोषाध्यक्षमा प्रज्ज्वल कटेल निर्वाचित भएका छन् । सदस्यमा अनिता राई, सिर्जना खुलाल, कविन्द्र भण्डारी, निशा थापा, तुलसा पौडेल, धनकुमा...































