संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-९ मूलघाट स्थित कौशिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ काठमाडौंले शैक्षिक सामग्रीसँगै न्यानो कपडा र खेलकुदका सामग्री वितरण गरेको हो ।

विद्यालयका बालबालिकालाई विगत १८ वर्षदेखि नियमित शैक्षिक सामग्री वितरण गर्दे आएको क्लबका संयोजक निरञ्जन भट्टराईले जानकारी दिए । धनकुटा नगरपालिका-९ का वडाध्यक्ष टङ्क कोइराला, समाजसेवी जयराम कार्की लगायतले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

Advertisement

क्लबका सदस्यहरूबाट सहयोग सङ्कलन गरेर विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरिएको हो । सोही अवसरमा जेहनदार विद्यार्थीलाई नगदसहित प्रोत्साहन गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!