संगालोखबर


धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा नारायणकुमार आठपहरिया निर्वाचित भएका छन् । आज प्रेस चौतारीको १० औं जिल्ला अधिवेशनबाट आठपहरिया निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा विश्वराज श्रेष्ठ र कल्पना थापा, सचिवमा सन्तोष सुवेदी, सह-सचिवमा कल्पना तामाङ र सष्टिका राई, कोषाध्यक्षमा प्रज्ज्वल कटेल निर्वाचित भएका छन् । सदस्यमा अनिता राई, सिर्जना खुलाल, कविन्द्र भण्डारी, निशा थापा, तुलसा पौडेल, धनकुमारी राई र जुनु तामाङ निर्वाचित भएका छन् ।

Advertisement

प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको उपस्थितिमा भएको कार्यक्रममा अग्रज पत्रकार सोभिस चेम्जोङलाई सम्मान गरिएको थियो । यस्तै रेडियो नेपालमा कार्यरत बलराम दाहाललाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!