संगालोखबर
डा. रोकालाई सम्मान गर्दै प्रदेश प्रमुख खापुङ र अस्पतालका अध्यक्ष कार्की । तस्बिर : मोहन ढकाल/संगालोखबर

विराटनगर । मोरङको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल र विराट नर्सिङ होमले वरिष्ठ न्युरो सर्जन डा. यम बहादुर रोकालाई सम्मान गरेको छ । आज टिचिङ अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर डा. रोकालाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्त रूपमा डा. रोकालाई सम्मान गरेका थिए । प्रदेश प्रमुख खापुङले डा. रोकाले पूर्व क्षेत्रमा न्युरो सर्जनका क्षेत्रमा पुर्याएको प्रशंसा गरे ।

Advertisement

‘यहाँ त तपाईँले सेवा दिनुभयो’, खापुङले डा. रोकालाई भने, ‘तपाईँ गण्डकी जाँदै हुनुहुन्छ । त्यहाँ पनि यो भन्दा अझ उच्च स्तरको योगदान पुर्याउन सफल हुनुहोस् ।’

स्वास्थ्य निर्देशनालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेतले डा. रोकाले आफ्नो ठाउँमा गएर त्यहाँका जनतालाई सहज सेवा उपलब्ध गराउन आग्रह गरे । न्युरो सर्जनका क्षेत्रमा पुर्याएको योगदानका कारण पूर्वले राकालाई सँधै सम्झिरहने उनको भनाइ थियो ।

विगत १७ वर्षदेखि विराटनगरलाई कर्मथलो बनाएका डा. रोका आफ्नै जन्मथलो पोखरा फर्कन लागेपछि रोकालाई सम्मान गरिएको अस्पतालका अध्यक्ष डा. कार्कीले बताए । १७ वर्षसम्म पूर्वमा न्युरो सर्जरीका क्षेत्रमा रोकाले महत्वपूर्ण सेवा प्रदान गरेको कार्कीको भनाइ छ ।

‘उहाँले पूर्वमा पुर्याएको जुन योगदान छ, हामी चिकित्सकहरूलाई जुन हौसला प्रदान गर्नुभएको छ’, डा. कार्कीले भने, ‘उहाँको पुण्यको कामको कदर गर्दै हामीले सम्मान गरेका हौँ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!