
विराटनगर । मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएकाे छ ।
रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पुर्याउने तथा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अस्पतालले रक्तदान कार्यक्रम गरेकाे हो । साे क्रममा ५४ पिन्ट रगत संकलन भएको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी, जीवन विकास सामुदायिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी, साथै अस्पतालमा आएका सेवाग्राहीले रक्तदान गरेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यस कार्यक्रमले आकस्मिक समयमा बिरामीका लागि रगतको अभाव हुन नदिन ठूलो सहयोग पुग्ने अस्पतालको विश्वास छ ।
जीवन विकास सामुदायिक अस्पतालले रक्तदान गरी मानवीय कार्यमा योगदान पुर्याउने सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गरेकाे छ । अस्पतालले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

संगालोखबर 













