संगालोखबर


विराटनगर । सुनसरीबाट लागूऔषधसहित दुई दम्पती पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-३ गौधाराबाट लागूऔषधसहित मेडिकल सञ्चालक दम्पती र धरान-८ बाट अर्को एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो ।

गएराति मेडिकल पसलमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कार्टुनमा लुकाएर राखेको अवस्थामा नियन्त्रित लागूऔषध फेला पारेको थियो ।

Advertisement

प्रहरीले ट्रामोल दुई हजार क्याप्सुल र स्पास्पेन सात हजार नौ सय ३० ट्याब्लेटसहित मेडिकल सञ्चालक दम्पती सोही स्थानका ४१ वर्षीय सुरज वनेम र उनकी श्रीमती ४३ वर्षीय टिम्पल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी धरान-८ का ३१ वर्षीय सन्तोष परियार र उनकी श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठलाई लागूऔषधको कारोबार गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई भान्सा कोठाबाट नियन्त्रित औषधी ट्रामोल पाँच सय ३२ क्याप्सुल र स्पास्पेन पाँच सय २८ ट्याब्लेट सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!