संगालोखबर


विराटनगर । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले कोशीका नौ जिल्लामा यातायात बन्द गरेका छन् । झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा बन्दको सामान्य प्रभाव परेको छ । 

मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ । राजमार्गमा यात्रुबाहक सवारी साधन नचले पनि साना सवारी साधनहरू चलिरहेका छन् । प्रहरीका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा बढी छ । यस्तै इटहरीमा बन्दकर्ताहरू सडकमा उत्रिएका छन् ।

Advertisement

केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुक्कुमलुङमा गोली चलेको घटनाको न्यायिक छानविन गर्नुपर्नेलगायतका मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!