विराटनगर । कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो सङ्घको आयोजनामा कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता विराटनगरमा सुरु भएको छ । आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिता भोलि सम्म सञ्चालन हुनेछ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ९ जिल्लाका एक सय २७ जना खेलाडीहरूले विभिन्न उमेर तथा बेल्ट समूहमा प्रतिष्पर्धा गर्ने छन् ।