विराटनगर । तेह्रथुमको आठराई गाउँपालिकामा स्कारपियो दुर्घटना भएको छ । आज बिहान करिब ६ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मर्निङवाकमा सहभागि हुन यात्रु लिएर चुहानडाँडा तर्फ जाँदै गरेको प्र १-०२-००२ र च ७७३३ नम्बरको स्कारपियो दुर्घटना भएको हो ।
दुर्घटनामा पूर्व राज्यमन्त्री द्वय रामकुमारी चौधरी र मुक्साङ मेनाङवोसहित चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता प्रमोद खड्काले जानकारी दिए ।
उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेको छ । उनीहरू डिस्चार्ज भएर प्रचण्डको कार्यक्रममा सहभागि भइसकेका प्रवक्ता प्रमोद खड्काले संगालोखबरलाई जानकारी दिए ।
धरान-१६ का पूर्णबहादुर भुजेल र हरिबहादुर भुजेलको टाउकोमा चोट देखिएका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनको भनाइ छ । स्कारपियो ब्रेक फेल भएर सडकको नालीमा पर्दा दुर्घटना भएको हो ।