संगालोखबर


विराटनगर । कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा एमालेका केन्द्रीय सदस्य  जीवन घिमिरेको कृति ‘कमरेड हिजो र आज’ लोकार्पण गरिएको छ । आज विराटनगरमा एक कार्यक्रमकाबीच घिमिरेको ‘कमरेड हिजो र आज’ को लोकार्पण गरिएको हो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा बोल्दै सभामुख घिमिरेले पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको उल्लेख गरे ।

Advertisement

घिमिरेले मुलुकमा निरङ्कुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापनामा यस क्षेत्रका जनता, दलका नेता एवं कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको बताए ।  नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सङ्घीय गणतन्त्रलाई बलियो बनाउ इतिहासको भूमिका रहेन बताइन् । उनले अब आफ्नो बाँकी जीवन जनताको समृद्धि र पार्टीको सङ्गठन सुदृढीकरणमा केन्द्रित हुने उल्लेख गरिन् ।

लेखक घिमिरेले प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि लागेको आन्दोलनमा झापा, मोरङ र सुनसरी जिल्लामा आफूसँग सम्बन्ध जोडिएका चार सय पात्रहरूको विवरण पुस्तकमा समावेश गरिएको बताए ।

चन्द्र भण्डारी, निर्मला कोइराला, प्रा.डा. रमेशप्रसाद भट्टराई, विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गरेका थिए । सोही अवसरमा सभामुख घिमिरेले नेकपा एमालेका उपाध्यक्ष शाक्य सहित १२ जना पुस्तकका मुख्य पात्रहरूलाई सम्मान गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!