विराटनगर विमानस्थल क्षेत्रमा बाढी पसेपछि हवाई सेवा अवरुद्ध
विराटनगर । नजिकैको खोलाबाट आएको बाढी पसेपछि विराटनगर विमानस्थलबाट हुने हवाई उडान आज दिउँसोसम्म अवरुद्ध भएको छ । स्थानीय बस्ता खोलाको बाढी विमानस्थल क्षेत्रमा प्रवेश गरेपछि उडान प्रभावित भएको हो ।
विमानस्थलको पार्किङ क्षेत्रमा भलबाढी पसेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानस्थलको केही भाग डुबानमा परेको छ । धावनमार्गमा भने समस्या नरहेको कार्यालयले जनाएको छ ।
विराटनगरबाट दैनिक औसत १८ वटा उ...




























