मोरङमा एकै परिवारका ३० जनाले गरे बाबुको काजकिरिया
विराटनगर । मोरङमा एकै परिवारका ३० जनाले बाबुको काजकिरिया गरेका छन् । बुढीगंगा गाउँपालिका-४ का ८८ वर्षीय शारदाप्रसाद भट्टराईको निधन भएपछि छोरा, छोरी र बुहारीसहित ३० जनाले काजकिरिया गरेका हुन् ।
भट्टराईका तीन जना श्रीमती छन् । उनीहरूबाट १० छोरा र आठ छोरीको जन्म भयो । जसमध्ये एक छोरीको भने निधन भइसकेको छ । बुढीगंगा-४ नेमुवास्थित छोरा गोविन्द भट्टराईको घरमा बाबुको काजकिरिया गरिएको हो ।
स्वर्गीय भट...





























