संगालोखबर


विराटनगर । नेपाल निजामती कर्मचारी सङ्गठन कोशी प्रदेशको अध्यक्षमा हरिप्रसाद सुवेदी निर्वाचित भएका छन् । शनिबार भएको दोस्रो अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

सङ्गठनको उपाध्यक्षमा फडिन्द्र विश्वकर्मा र सरस्वती शिवाकोटी निर्वाचित हुँदा महासचिवमा कुमार सिंह खत्री निर्वाचित भएका छन् । यसैगरी सचिवमा कृष्ण प्रसाद सुवेदी, किरण कार्की र अनुजा पराजुली पराजुली तथा कोषाध्यक्षमा जानकी अधिकारी निर्वाचित भएका छन् ।

Advertisement

सङ्गठनको सदस्यहरूमा सीता भण्डारी, कल्याणी राई, सजिता राई, टिकाराम सुनुवार, कृष्ण रुचाल, नैन खड्का, दिव्यराज दाहाल, भूपराज अधिकारी, दीपक न्यौपाने, यादव प्रसाद धमला, विनोद बस्नेत, कमलमणि थापा र काजी बहादुर कार्की निर्वाचित भएका छन् ।

यसैगरी लेखा आयोग संयोजकमा ठमेन्द्र पौडेल, सदस्यमा यम कुमार लुँइटेल र हेमसागर पोखरेल निर्वाचित भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!