संगालोखबर


विराटनगर ।  १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा हिजोदेखि स्पोर्ट्स मिट सुरु भएको हो ।

स्पोर्ट्स मिटको उद्‌घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गरेका थिए । पहिलो दिन भएको लङजम छात्रतर्फको फाइलनमा बालप्रतिभा सेकेन्डरी स्कुलका आकाश राई प्रथम भए ।

Advertisement

त्यसैगरी जनक मेमोरियल स्कुलका जोसेफ चौधरी दोस्रो, पूर्वाञ्चल एकेडेमीका मनिष चौधरी तेस्रो भएका छन् । छात्रातर्फको प्रथम मदर टेरेसाका पूजा यादव, द्वितीय बिकेभीएम स्कुलकी स्मृति कुमारी यादव र तृतीय बाल प्रतिभा स्कुलकी एन्जेलिया विष्ट भए ।

फुटबलमा पाँच  स्कुल विजयी भएका छन् । विराटनगरको जुटमिलको खेल मैदानमा भएको खेलमा हरैँचा मोडल, सिंहदेवी, बाल्मिकी र सिद्धार्थ स्कुल विजयी भएका हुन् ।
माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ बढी विधाका खेलहरू समावेश गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मोरङ प्याब्सनमा आवद्ध तीन हजार बढी विद्यार्थीहरूले भाग लिने प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!