संगालोखबर


विराटनगर । भारतमा स्कारपियो दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । बिहारको मुजफ्फरपुरमा महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कारपियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो ।

चार जना गम्भीर घाइते भएका छन् । उनीहरू महोत्तरीका भएको खुलेको छ । भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

Advertisement

अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको मृत्यु भएको छ । एक मृतकको पहिचान खुल्न बाँकी छ । मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी घाइते छन् ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको स्कारपियो मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!