संगालोखबर


सुनसरी । सुनसरीबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगन्ज गाउँपालिका-३ का ४० वर्षीय अरविन कुमार यादवको घरमा खानतलासी गर्दा गाँजा भेटिएपछि उनकी पत्नी ३५ वर्षीय सोनी कुमारी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा गाँजा लुकाएर राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३९ किलो २९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement

घरको कम्पाउण्डमा खाल्टो खनेर ड्रम भित्र प्लाष्टिकले प्याक गरेको तथा जेब्रा झोलामा घरभित्र लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको थियो । उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!