संगालोखबर


विराटनगर । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका-७ स्थित सिद्धिचरण लोकमार्गमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो आज बिहान करिब साढे ६ बजेतिर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

दुर्घटनामा खोटाङको केपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले जानकारी दिए ।

Advertisement

‘सुमो सडकबाट अन्दाजी ७० मिटर तल खसेको छ’, खड्काले संगालोखबरसँग भने, ‘दुर्घटनाको कारण खुल्न बाँकी छ । हामीलाई दुर्घटनाको बारेमा साढे ८ बजे खबर आयो । हर्कपुरबाट प्रहरी टोली पुग्दा तीन जना मृत फेला परेका थिए ।’

चालक सुनसरीको इनरुवाका  २२ वर्षीय अनिल पण्डित फरार रहेकाले खोजी भइरहेको छ । ‘सुमो पूर्णरूपमा क्षति भएको छ’, उनले भने, ‘चालक फरार छन् । दुर्घटनाको कारण खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!