संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको इटहरीमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङ घर भएकी बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका-७ घर भएका जागेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्ती करणी गरेको भनेर उजुरी दिएका थिए । इटहरीले जिल्ला प्रहरी कार्यालय सप्तरी मार्फत यादवलाई पक्राउ गरेर ल्याएको हो ।

Advertisement

‘बालिकालाई पटक-पटक बलात्कार गरेको भन्ने आरोप छ’, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले संगालोखबरसँग भने, ‘घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि सबै कुरा खुल्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!