
विराटनगर । विराटनगरमा आज सद्भाव र्याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा निकालिएको सद्भाव र्यालीमा धर्मगुरुका साथै स्थानीय अगुवाको सहभागिता थियो ।
सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा गएको आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा दुई जनाको ज्यान गएपछि देशैभर प्रदर्शनहरू उग्र बन्दै गएपछि सरकारी संयन्त्रकै पहलमा सद्भाव र्याली निकालिएको हो ।
कप्तानगन्जमा दुई समुदायका बिचमा भएको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको सोही राति र घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो ।
र्याली विराटनगर बजारको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि आएर समापन भएको छ ।

संगालोखबर 













