
विराटनगर । महोत्तरीमा धारिलो हतियार प्रहारबाट एक महिलाको विभत्स हत्या भएको छ । गौशाला नगरपालिका-८ का अभिषेक यादवकी श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।
गौशाला नगरपालिका-५ विद्युत प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा खुश्बुको शव फेला परेको छ । शनिबार राति घरबाट निस्किएकी उनको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।