संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट मानव खप्पर र नलीखुट्टासहित एक जना पक्राउ परेका छन् । आज बिहान दुई नम्बर ढाटबाट सशस्त्र प्रहरीले चेकजाँचका क्रममा विराटनगर-१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार सशस्त्र प्रहरीले रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नलीखुट्टा बरामद गरेको हो ।

Advertisement

‘भर्खरै सशस्त्र प्रहरीले हामीलाई बुझाएको छ’, थापाले संगालोखबरसँग भने, ‘३८ थान मानव खप्पर जस्तो र १० थान नलीखुट्टा जस्तो देखिन्छ ।’ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उनलाई सशस्त्रले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धानसँगै आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको थापाको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!