संगालोखबर


विराटनगर । उच्च माध्यमिक शिक्षालय सङ्घ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताह अन्तरगत फुटबलमा दुई विद्यालयले उपाधि हात पारेका छन् ।

विराटनगरको सहिद रङ्गशालामा सम्पन्न खेलमा छात्रतर्फ विराटनगरको कान्तिपुर माध्यमिक विद्यालय र छात्रातर्फ पथरी शनिश्चरेको रेड स्टार माध्यमिक विद्यालयले उपाधि जितेका हुन् ।

Advertisement

कान्तिपुरले फाइनलमा रेड स्टारलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । दोस्रो हापको १४ औं मिनेटमा गौतम चौधरीले गरेको गोल नै कान्तिपुरका लागि निर्णायक बन्यो ।

छात्रातर्फ साविक विजेता अर्किड माध्यमिक विद्यालयलाई ३-० गोल अन्तरले पराजित गर्दै रेड स्टारले उपाधि जितेको हो । रेड स्टारको जितमा स्मृति राई, सलिजा राई र आशिका लिम्बुले १-१ गोर गरे ।

विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खड्का, सचिव दीपेश बास्तोला र हिसान मोरङका अध्यक्ष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!