संगालोखबर


विराटनगर । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश भएको छ ।

विधेयकमा उल्लेख भए अनुसार अब कसैको आइडी तथा सूचना ह्याक गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने छ ।

कसैको कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड वा सिरियल नम्बर क्र्याक गरी कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको गुप्त सङ्केत, पासवर्ड वा सिरियल नम्बर चोरी गरी अनधिकृत रूपमा पहुँच प्राप्त गरी तथ्याङ्क भण्डारमा हस्तक्षेप गर्ने कार्यलाई ह्याक भएको मानिने विधेयकमा उल्लेख गरिएको छ ।

कसैको मान प्रतिष्ठामा आँच पुग्ने, होच्याउने नियतले, अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच प्रवाह गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!