संगालोखबर


विराटनगर । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेका चार जनाको शव फेला परेको छ । हिमपहिरोमा परी सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धार अभियान जारी रहेका बेला आज चार जनाको शव फेला परेको हो ।

पाकिस्तानी सञ्चारमाध्यम डनडटकमलका अनुसार मृतक चार जनामध्ये दुई जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ छन् ।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार १० सदस्यीय आरोहण टोलीमा छ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही थिए ।

नेपाली टोलीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छिन् ।

अन्य पर्वतारोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!