संगालोखबर


विराटनगर । एक सय दुई पटक रक्तदान गर्ने विराटनगरका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । १९ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर-७, देवकोटा चोकमा  गरिएको कार्यक्रममा उच्च अदालत विराटनगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले श्रेष्ठलाई सम्मान गरेका थिए ।

Advertisement

अध्यक्ष भट्टराईले मानव रगत अमूल्य रहेको बताउँदै एक सय भन्दा बढी रक्तदान गर्ने श्रेष्ठको कार्य अतुलनीय रहेको बताए । अधिवक्ता विनयराज पाण्डेले आफू पनि स्वयंसेवी रक्तदाता भएको बताउँदै रक्तदान गर्दा छुट्टै आनन्द आउने बताए । सम्मानित श्रेष्ठले आफूले रक्तदान गर्दाको अनुभूति सुनाएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!