विराट गोल्डकप: जावलाखेललाई हराउँदै विराटनगर सिटी पुग्यो फाइनलमा
विराटनगर । घरेलु टिम विराटनगर सिटी विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २-१ गोलले पराजित गर्दै विराटनगर सिटी उपाधि नजिक पुगेको हो ।
विराटनगरको जितका लागि स्टेफन ब्याङगनल र अभिषेक गुरूङले समान एक/एक गोल गरे । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए । विराटनगरले सङ्घर्षपूर्ण जित ...































