- संगालोखबर सम्वाददाता
फायल तस्वीर

उदयपुर । उदयपुरमा आगलागीमा परेर एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । रौतामाई गाउँपालिका–८ पाखाटोलका रामबहादुर मगरको घरमा आगो लाग्दा जलेर उनकी ६ वर्षीया छोरी जस्मिना र २ वर्षीय छोरा रोजनको मृत्यु भएको हो ।

विद्युत सर्ट भएर शुक्रबार साँझ मगरको घरमा आगो लाग्दा जलेर दिदी भाइको मृत्यु भएको उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

Advertisement

‘घरमा अभिभावक नभएको बेला विद्युत सर्ट भएर आगो लागेछ, बच्चाहरू तलामाथि रहेछन्,’ डीएसपी पोदारले संगालोखबरसँग भने, ‘आगो लागेको देखेर छिमेकीहरू आइपुग्दा त दिदी भाइ नै जलिसकेको रहेछन् ।’

बुवा रामबहादुर बजार गएका थिए, आमा दाउरा काट्न गएकी थिइन् । उनीहरूकी अर्की ९ वर्षीया छोरी पनि छन्, उ पनि घरमा थिइनन् । घरमा ठूलो मान्छे कोही नभएका बेला आगो लाग्दा दुवै बच्चा जलेका हुन् ।

‘छ वर्षको दिदीले भाइलाई बोकेर बाहिर निकाल्न खोजेको जस्तो देखिन्छ, तर आगोले भेटिहालेछ, दुई बालबालिकाको शव एकै ठाउँमा भेटिएको छ, डीएसपी पोदारले भने ।

घर जल्दा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!