- संगालोखबर सम्बाददाता

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको महिना दिनपछि रात्रिकालीन उडान थालिएको हो ।

Advertisement

रात्रिकालीन उडान सुरु भएपछि बुद्ध एयरले एकै रात ४ जहाज अवतरण गराएको छ । बद्धले पहिलो जहाज भैरहवाबाट पोखरामा अवतरण गराएको थियो । दोस्रो जहाज काठमाडौंबाट र तेस्रो सिमराबाट पोखरा आएको हो ।

रात्रिकालीन विमानमा पोखरा आएका नेपाल उड्डयन प्राधिकरण निर्देशक तथा राष्ट्रिय गौरव आयोजना निर्देशक समेत रहेका बाबुराम पौडेलले सन् १९५८ देखी पोखरामा जहाज चलेपनि रात्रिकालीन उडान नभएको बताए । उनका अनुसार अब २४ सै घण्टा उडान गर्न सकिने भएपनि अहिले १८ घण्टामात्र उडान गरिनेछ ।

बुद्ध एयरका ग्राउन्ड अप्रेसन प्रमुख दिलिप खड्काले आफ्नो ऐतिहासिक उडान भएको सुनाए । उनले तत्काल देशका चार क्षेत्रबाट पोखरालाई जोड्ने काम भएको सुनाउँदै भविष्यमा विराटनगरलाई पनि जोडिने जानकारी दिए । उनका अनुसार अब बुद्धले पोखरामा नियमित रात्रिकालीन उडान गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!