- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित छिम्सुवामा तमोर नदीले बगाएर एक महिलाको मृत्यु भएको छ । लुगा धुने क्रममा नदीले बगाउँदा स्थानीय ४५ वर्षीया मसिनी विकको मृत्यु भएको हो ।

उनी लुगा धुन र नुहाउनका लागि नदी किनारमा गएकी थिइन् । सोही क्रममा चिप्लिएर लड्दा उनलाई नदीले बगाएको हो । विकलाई नदीले बगाएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि मुलघाट प्रहरी चौकीबाट पुगेको प्रहरी टोली र स्थानीयबासीले खोजी गर्ने क्रममा बगाएको स्थानभन्दा करिब एक सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!