- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–५ तल्लोकोप्चेस्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले बुधबार दिउँसो लघुवित्तको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

Advertisement

गरिबी निवारणका लागि भन्दै खोलिएका वित्तीय सस्थाहरूले जनतालाई उल्टै शोषण गरिरहेको भन्दै नेकपा बहुमतले वित्तीय संस्थाहरू बन्द गराउँने अभियान सुरु गरेको छ । सोही अनरुप जीवन विकास लघुवित्तको कार्यालयमा तालाबन्दी गरिएको सो पार्टीका जिल्ला संयोजक मोहन घलेले जानकारी दिए । उनका अनुसार जनतालाई शोषण गर्ने वित्तीय संस्थाहरू विरुद्धको अभियानलाई निरन्तरता दिइनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले दुई महिना अघि सेवाग्राहीसँग घुस लिने गरेको आरोप लगाउँदै यातायात कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो दलेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!