धनकुटा बजारमा विद्युतको नाङ्गो तार हटाइँदै
धनकुटा । धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो ।
पहिलो चरणमा मंगलबार मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिए । उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरू राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट ...































