- संगालोखबर सम्बाददाता

विराटनगर । सिराहाको प्रतिभा फुटबल क्लब विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन युथ क्लब धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता सिराहा सेमिफाइनलमा पुगेको हो ।

Advertisement

जितका लागि सिराहका सिद्धार्थ लामा र विश्वास राईले समान एक/एक गोल गरे । धनकुटाका सन्दिप लिम्बुले सान्तवना गोल फर्काए । धनकुटाविरुद्ध सिराहाका खेलाडीले सुरुदेखि नै लगातार आक्रामक शैली अपनाए पनि पहिलो गोल गर्न २७ मिनेट कुर्नुपर्यो । उद्धव घलेले निकालेको क्रस पासलाई सिद्धार्थ लामाले गोल गरी सिराहलाई अग्रता दिलाए ।

आकर्षक र प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफमा सिराहा अब्बल रह्यो । दोस्रो हाफमा धनकुटाले सुधारिएको खेल पस्कियो । ४२ औं मिनेटमा धनकुटाका सन्दिपले गोल गरेर खेललाई बराबरीमा ल्याए ।

सिद्धार्थले ५८ औं मिनेटमा हानेको बल क्रसबारमा लागेर बाहिरिँदा धनकुटाको संकट टरेको थियो । ६० औं मिनेटमा विश्वास राईको वान भर्सेस वानको प्रहार पोस्टमाथिबाट बाहिरिँदा धनकुटाले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

थप गरिएको इन्जुरी समयको दुई मिनेटमा सिराहाका विश्वसा राईले गोल गरी टिमको जित सुनिश्चत गरे । निर्णायक गोल गर्ने सिराहाका विश्वास म्यान अफ द म्याच घोषित भए । सोमबारको खेल आयोजक साइनो स्पोर्टस क्लब रानी विराटनगर र सहलेस युवा क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!